धनुषा । प्रदेश नं २ का घुमुवा प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखियाले धनुषा जिल्लामा ब्यापारीहरुसङ्ग पैसा लिएर आतंक मचाएका छन ।प्रदेश नम्बर २ बाट धनुषा हेर्ने गरि प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखिया घुमुवाको रूपमा परिचालित छन् ।

धनुषा जिल्लाका विभिन्न नाकाबाट प्रहरीको घुमुवा हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखियाको सेटिङमा खुलेयाम तस्करी भैरहेका छन। २ वर्ष भन्दा लामो समयदेखि धनुषामा घुमुवा भएर काम गर्दै आएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र विजय मुखिया पावर लगाएर धनुषामा नै बस्दै आएका हुन् ।

घुमुवा हवल्दार  ठाकुर र प्रहरी जवान विजय मुखियाले धनुषाको विभिन्न नाकाबाट  व्यापारीहरूलाई तस्करीको लाइन दिएर लाखौ लाख उठाई रहेको खबर प्राप्त भएको छ। तस्करीको लाइन पाउने व्यापारीहरूमा धनुषाको तारापटी बस्ने सुरेश साह नामको व्यापारीले धनुषाको मैनाथपुर ,दुबही, इटहर्वा, तरही नाका बाट कपडा, स्याउ, मरिच, हाडवेयर ,सुर्ती, पान पराग जस्ता लाइन पाएका छन । त्यस बापत उनले महिनावारी  ४ लाख  दिएर लाइन चलाएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार धनुषाको दुबही गाउ बस्ने चाची नाम गरेको ठूलो तस्करको छोरा राजीव महासेठले धनुषाको मैनाथपूर,दुबही नाका बाट स्याउ, कपडा मटर, मरिच ,रक्सी, तेल, किराना आइटम, लगायतको लाइन दिएवापत ४ लाख दिएर लाइन चलाएका छन । धनुषाको नगराईन नगरपालिका लवटोली बस्ने सुल्तान मियाले धनुषाको डेवडीहा,जमुनी नदी, महादेवपटी नाका बाट पानपराग,सुपारी, किराना आइटम, को लाइन पाएवापत १ लाख दिएर लाइन चलाएका छन ।

धनुषाको फूल्गमा बस्ने उमेश साहले धनुषाको लग्मा जटहि, मुखियापटी बाट मोबाईल, मरिच, स्याउ, रक्सी, हुण्डी को पैसा, किराना आईटमको लाइन पाएवापत १ लाख दिएर लाइन पाएका छन र धनुषाको जद्कूहा बस्ने गफार मियाको छोरा कलाम मियाले धनुषाको खजुरी, महूवा, बलहा, कढाल नाका बाट कपडाको लाइन मोटो रकम बुझाएर लाइन पाएका छन ।

धनुषाको नईम मियाले धनुषाको तरही ,धनौजी, बहूआर्वा नाका बाट कपडा, फेन्सी डिल लागू औषध, को कारोबार गरीरहेका छन तर लागू औषध मुदामा फरार अपराधी भए पनि हवल्दार सुरेन्द्र ठाकुर सँग मिलीजुली आर्थिक लोभमा पारी काम गरीरहेका छन । धनुषाको बर्तूलाह खातुन नाम गरेका व्यापारी धनुषाको तरही ,इटहर्वा, बहूआर्वा नाका बाट कपडा, जुताचपल,को लाइन पाएका छन । धनुषा बस्ने धर्मेन्द्र साह धनुषाको तरही ,इटहर्वा, धनौजी नाका बाट कपडाको लाइन पाएका छन ।यि व्यापारीहरु धनुषाको मुख्य व्यापारी हुन । हवल्दार  ठाकुर र जवान  मुखियाले यी व्यापारीबाट एक लाख देखि चार लाख सम्म उठाईरहेको चर्चा धनुषामा चलिरहेको छ र प्रदेश प्रहरी घुमुवाको तर्फबाट धनुषाको घुमुवाको रूपमा खटिएका बारा जिल्ला निवासी ठाकुरले असुली धन्दाबाट नै जनकपुरको ४ नः वडा कटइया चौरी भन्ने स्थानमा ४० लाख भन्दा माथिको जग्गा किनेर झण्डै ४० लाखको हाराहारीमा घर बनाएका छन् ।

त्यस्तै दुई नम्बर कमाइ बाट जनकपुरको मुसहरी टोल मा पनि २५ लाख बराबरको ८ धुर जमिन किनेका छन प्रदेश नम्बर २ मा सबैभन्दा बढी घुमुवा राखिने गरेको छ ।  प्रहरी प्रदेश प्रमुख र जिल्लाका हाकिमहरू घुमुवा राखी अतिरिक्त आम्दानी लिने गरेको आरोप लाग्दैआएको छ । अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने आरोप छ ।नेपाल प्रहरीमा अनौपचारिक पोशाकमा खटिनेलाई घुमुवाको संज्ञा दिने गरिएको छ ।

घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम हुँदैआएका छन् । प्रहरी हवल्दार सुरेन्द्र ठाकुरको दरबन्दी ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी रहेको छ भने प्रहरी जवान विजय मुखियाको दरबन्दी जिल्ला प्रहरी कार्यालय सप्तरी रहेपनि दरबन्दी नगई पावरको भरमा प्रदेश घुमुवा मा बसेका छन र लामो समय देखि इनीहरु प्रदेश २ को घुमुवा छन । विजय मुखिया नामको प्रहरी जवान २ वर्ष देखि प्रदेश घुमुवाको रुपमा काम गरीरहेका छन र घुमुवा विजय मुखिया डीआईजी प्रधून्न कार्कीको पालामा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत हुँदा कपडा तस्करी घुस काण्डमा परी ६ महीनाको लागि निलम्बन परेका  घुमुवा हुन र घुमुवा प्रहरी जवान सुरेन्द्र ठाकुरले डिलिङ गर्नको लागि अरुको नाम बाट रहेको ९८१९६५५१३५ को एनसेलको सिम प्रयोग गरि व्यापारी बाट डिलिन्ग गर्ने गरेको स्रोत बताउँछ ।

तस्करीको अखडाका रूपमा चिनिने खासगरी दुई नम्बर प्रदेशमा अहिले पनि खुलेयाम तस्करी भैरहेको छ। नेपाल प्रहरीको डिआइजी उमेश रन्जितकार केही दिन अगाडि मात्रै सरूवा भएर आएका छन् । अब डिआइजी र आइजिपीले कस्तो कारवाही गर्छन् त्यो हेर्न बांकी नै छ ।

त्यति मात्र होइन घुमुवा हवल्दार सुरेन्द्र ठाकुर र विजय मुखियाको दरबन्दी धनुषा नभएर सप्तरी जिल्लामा हो । दरबन्दी नभएको प्रहरीलाई राखेर तस्करी गराई रकम असुली अभियान प्रदेश प्रहरीमा चलेको छ। अब डिआइजी रन्जितकारले उनलाई राख्छन् या हटाउंछन त्यो हेर्न बांकी नै छ।

विगत २ बर्षदेखि प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखिया घुमुवाको रूपमा परिचालित छन् ।प्रहरी संगठनमा ठाकुर र मुखिया जस्ता एकाध पात्र छन्, जो दर्जामा कनिष्ट भए पनि चलखेलका हिसाबले डीआइजीको भन्दा बढी सम्पत्ति कमाइसकेका छन् । तिनैमध्येमा पर्दछन्, ठाकुर र मुखिया । प्रदेश न २ मा डिआइजी रंजितकार आए पछि कयौ घुमुवा हटाईएका छन ।