नेपालको राजनीति एकपटक तरङ्गित भएको छ । तरङ्ग ल्याउने काम एमालेका चर्चित नेता माधब नेपाल वरिपरि रहेर भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम नेपाल वरिपरि घुमेको छ । यसैले नेपाल इपी सेन्टर हुन । गुरुत्व केन्द्र हुन ।
दुई तिहाई पाएको एमालेको सरकार । त्यो सरकारको शक्तिसाली प्रधानमन्त्री श्रीमान केपी ओली । ओलीमा जागेको स्वेच्छाचारी हविगत । र त्यो हविगतलाई पख्लास भनिरहेका माधब नेपाल अहिले दुनियाँको नजरमा एउटा खरो राजनीतिकर्मीको रूपमा दरिएको छ । नेपाल अडान वास्तवमा नयाँ युगको लागि पनि सन्देशमुलक भएको छ
ओलीजीले देशलाई गर्न सक्ने धेरै कामहरु हुन्थे । उनले गर्न सक्ने पनि थिए । किनकि उनीसँग सुविधाजनक दुई तीहाइ थियोे । यो दुई तिहाईले जनतालाई स्थायित्व परिवर्तन र बिकास दिन सक्थ्यो । जनताले चाहेको पनि त्यही थियोे । तर ओलीले जनताको अभिमतलाई अपमान गरे । त्यही अपमानले ओलीलाइ अलोकतान्त्रिक पनि बनायो अलोकप्रिय पनि बनायो । ओलीबाट आश गरेका नागरिक समाज , बौद्धिक बर्ग संन्चार माध्यम सवै निराश बने । आजको ओलीको बहिर्गमनका अनेकौं पहेली मध्य ओलीको स्वेच्छाकारिता नै प्रमुख कारण हो । उनको उखान र तीखो जोक्सले मात्र सरकार ढलेको होइन ।
ओलीको यस्तो हर्कत विरुद्ध माधब नेपालको अडानले काम गर्यो । यो अडानले संसदिय राजनीतिमा इतिहास बन्यो । नेपाली राजनीतिको इपी सेन्टर भएका हुन माधव नेपाल । इतिहासका अनेकौं राजनीतिक ढुल्मुले प्रवृत्ति विरुद्ध नेपालको यो अडान साच्चै यादगार छ ।
ओलीबाट शासकहरुले सिकुन ।स्वेच्छाकारिताले बिनास ल्याउछ । यस्तो बिनास इतिहास निकै दुखदायी छ्न । पछिल्लो उदाहरण ओलीजी नै हो ।