काठमाडौं । काभ्रेपलान्चोकको भुल्लु गाउपालिका-२ सिम्थलीमा अबस्थित श्री सेती देबि प्रा.बि का शिक्षक राजकुमार महत बिधालयमा विद्यार्थीलाई पढाउन नै छाडेर बिकास निर्माणका काममा ब्यस्त हुने गरेका छ्न। सडक, खानेपानी , बिजुली लगायत सबै बिकास निर्माणका काममा बिद्यालय समय भित्र पनि दौडधुप गर्दा समेत त्यहाँका वडा अध्यक्ष कृष्णकुमार कार्की र गाउँपालिका समेत चुपचाप रहेका छन् । बिधालयका शिक्षक भएर पढाउन छाडेर अन्य बिकास निर्माण लगायतका कार्यमा खट्न नमिल्ने स्थानीय बुद्दिजिवि बताउछन् । गाउँमा बेरोजगारी युवाहरु छँदा छँदै उनीहरुलाई रोजगार दिनुको सट्टा हरेक बिकास निर्माण कार्यको हिसाब गर्न माइन्युट नै बोकेर हिड्ने शिक्षकका कारण सेतिदेबी प्रा.बि. का बिध्यार्थीको भबिस्य कता जाला भन्नेमा आम स्थानीयबासीहरुको चिन्ता छ।