संसद विघटन बदर गर्दै सर्बोच्च अदालतले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिएसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएका छ्न । इतिहासमा पटकपटक प्रधानमन्त्री भएका देउवाको इतिहास भने सन्तोषजनक छैन । ओली स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको सन्दर्भमा देउवाको आगमनलाई स्विकार्न पर्ने बाध्यता बनेको छ । नेपालीको यो बिडम्बना बनेको छ ।
नयाँ सरकार बिश्वासको मत लिन नसकेको अबस्थामा उसको आयु लामो समय रहदैन । नेपाल पक्षले कस्लाइ साथ दिन्छ अहिले राष्ट्रिय राजनीतिमा त्यो कुरा महत्त्वपूर्ण भएको छ ।
नयाँ सरकार जनताको धेरै अपेक्षा छ्न । यो सरकारले ओलीले भन्दा राम्रो काम गर्न सकेनन भने यसको औचित्य पुष्टि हुन सक्दैन । काङ्ग्रेसले आफ्नु स्वार्थको दुनो सोझाउने स्थिति हुन सक्छ । चुनाव गराउने समय भएको छ । चुनावमा बहुमत ल्याउन अहिलेको सरकार प्रयोग हुन सक्छ । फुटाउ र राज गरको सिद्धान्त काङ्ग्रेसले अपनाउन सक्छ । एमालेलाई जति संकट उति काङ्ग्रेसलाई फाइदा हुने स्थिति छ ।
नेपालमा ब्यबस्था परिवर्तन गरि गणतन्त्र ल्याउन जनताले ठुलो त्याग गरेका छ्न । परिवर्तनको बदलामा जनता सुख ,शान्ति र समृद्धि चाहेका थिए । तर पटकपटक परिवर्तन भइरहने सरकारले जनताको अपेक्षा पुरा गर्न सकेनन । एउटा नेपाली उखान छ जुन जोगी आए पनि कानै चिरेको । त्यसलाई आजको सन्दर्भ जोडेर जुन सरकार आएपनि कानै चिरेको पनि भन्न सकिन्छ । सरकारमा आउनेको अनुहार त फेरिएका छ्न, बोली, व्यबहार र चरीत्र उस्तै छ्न । जनताको चाहना पुरा भएका छ्न । सरकारले गर्ने बाचाको थुप्रो लागेका छ्न ।
प्रत्येक सरकारको बाचा हुन्छ म आएपछि यसो गर्छु उसो गर्छु । पहिलेको सरकारले भन्दा मैले धेरै काम गरेर देखाउछु भनेर नयाँ प्रधानमन्त्रीहरुले भनिरहेका हुन्छ्न । एउटा नेपाली उखान छ नयाँ जोगीले धेरै खरानी घसेको । यसलाई नेपालीकरण भन्न सकिन्छ नयाँ प्रधानमन्त्रीले खुबै हल्ला गरेको ।
हाम्रा निबर्तमान प्रधानमन्त्री कमरेड केपी ओलीलाई उखान टुक्का चुटकिला र जोक्स सिकाउन यो देशमा कुन माइकलालाल सक्छ ? माफ गर्नु होला यो माइकलाल शब्द पुर्ब शिक्षामन्त्री मुखबाट अलि अगाडि सुनिएको हो । अहिलेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई चुटकिला खासै नआए पनि उहाँवाट धेरै ठुलो काम हुने चाहिँ जन बिश्वास छैन । जनताको जीवनमा महत्त्व राख्ने सामान्य परिवर्तन उनलेे गरिदिए भने त्यो काफी हुन्छ ।
इतिहासमा वनेका कांग्रेसका सरकारका कयौं उदाहरण छ्न । ती उदाहरण हेर्दा राष्ट्रको निम्ति काङ्ग्रेस सरकारले उल्लेखनीय काम गरेनन । अहिले जनता देउवाजीलाइ ओलीको झझण्ट विकल्पमा रोजेका हुन । काङ्ग्रेस हातमा छ्न इतिहास दोर्याउने कि सुनौलो वर्तमान बनाउने । काङ्ग्रेसले एकचोटि ठडा दिमागले सोचोस ।