काठमाडौं । सामाजिक कथाबस्तुमा आधारित टेलिफिल्म शङ्का शुरु भएको छ। दुर्गा खवास हैरानेको लेखन रहेको उक्त सिरियलमा बाबु सेन्चुरी,अञ्जली थापा,कुमार दङ्गाल, जिवन श्रेष्ठ,तिलक श्रेष्ठ,आरोसी तामाङ लगायतले अभिनय गरेका छन् । ह्यारी कट्टेलको छायांकन रहेको उक्त टेलिफिल्मको निर्माता, निर्देशक तथा सम्पादन बिश्वास भण्डारीले गरेका छन् । प्रत्येक आइतबार चल्छ नेपालमा युट्युब च्यानलबाट प्रसारित उक्त टेलिफिल्म आम दर्शकको रोजाइमा परेको छ।