बि .स २०५५ सालमा पाल्पा जिल्लाको साबिक भुवनपोखरी -४ बल्घामा जन्मेका प्रेम वश्याल परिबारको कान्छो सन्तान हुन् ।स्थानीय जनता नमुना मा .बि बाट कक्षा १२ उत्तीर्ण गरि कलाकारिता (एक्टिङ)कोर्ष सिक्नको लागि उनी मुम्बई तिर लागे।करिब ३ बर्ष मुम्बई मा बसेर उनले स्वयता तिवारी एक्टिङ ईन्स्टिच्युट बाट एक्टिङ कोर्ष पूरा गरि बि .स २०७४ सालमा नेपाल फर्किए।मुम्बईमा हुँदा उनले केही छोटो फिल्ममा समेत अभिनय गरेका थिय भने नेपाल आयपश्चात उनी लगातार फिल्म स्क्रीप्ट लेखनमा सक्रिय छन।नेपाली फिल्म क्षेत्रमा काम शुरु गर्दा धेरै हन्डर खायको बताउने प्रेम ले डार्क एन्ड लाइट नामक नेपाली फिल्मबाट अभिनय यात्रा शुरु गरे।विभिन्न वेभ सिरिज लेखन र अभिनय हुँदै प्रेमले केही समय अघिमात्र निर्देसक घनश्याम एन्टिनाले निर्माण ,निर्देसन गरेको फिल्म बदला रिटर्नस मा एक मुख्य भुमिकामा अभिनय सम्पन्न गरे।यो फिल्म को कथा प्रेमले नै लेखेका हुन।हाल सम्पादन सकि डबिङ र म्युजिक भैरहेको यो फिल्ममा प्रेम सङै कल्याण घले,शशी राई,जीवन श्रेष्ठ ,किशोर घले लगायत को अभिनय रहेको छ।लगातार फिल्म लेखनमा सक्रिय प्रेम ले लेखेको एक जुनि नामक फिल्म को छायांकन केही सातापछि हुने बताइएको छ।प्रेम भन्छन् उनलाइ यो क्षेत्रमा लागिपर्न आफ्नी आमा सुबर्ना र बुवा राम्जी वश्यालको बिशेश सहयोग रहेको छ।डिप्लोमा पास गरिसकेका प्रेम आगामी दिनमा पढाइ संगै फिल्मी दुनियाँमा बेजोड लागि परिरहने बताउछन् ।