एमाले बिवाद अहिले सहमति नजिक पुगेको छ । नेपाल पक्ष र ओली पक्ष अधिकतम रूपमा लचक हुँदै गएका छ्न । यसमा दोस्रो पुस्ताका युवा नेताहरूको दौडधुप अर्थपूर्ण छ । उनीहरूले यो खालको वातावरण निर्माण गरेसँगै एमालेमा एकताको बाताबरण बन्दै गएको छ । तर नेपाल पक्षमा आशंका जिवित रहेकोे छ ।उनीहरूमा कतै ओलीले छल त गर्ने होइन भन्ने त्रास जिवित छ ।
तल्लो तहमा जग बलियो भएको पार्टी हो नेकपा एमाले । स्थानीय निकायमा देशभरी एमालेको प्रभाव छ । यो गम्भीरताले तलको जनमत खलबलाउन सक्छ र त्यसको फाइदा कांग्रेसले लिन सक्छ । कांग्रेस पनि त्यही सोच्छ कि एमाले बिवाद जति गहिरियो त्यति नै राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको प्रभाव बढछ ।
एमाले जनलाइ फाइदाको एकतामा छ । आफ्नु आन्तरिक समस्यालाई सुल्झाउदै एकतामा जुटने हो एमालेको प्रभावलाई कस्ले रोक्न सक्छ ? एमालेलाई पहिलो पार्टी बनाउनको निम्ति एकता चाहिन्छ । पार्टीभित्र सहमतिको बाताबरण बन्न्नुपर्छ । नेताहरूको लचकता अहिले आबस्यता हो ।
आफ्नु बलियो जनधारलाई जोगाउन , आगामी निर्वाचनमा पनि यहि जनविश्वास कायम राख्न आजको दिनमा एकता एउटा सुनौलो विकल्प हो । समस्या ओली र माधव नेपालको नभै समग्र पार्टीको भएकोले यसलाई मुर्तरुप दिने सबै कार्यकर्ताको हो । यसैले फ़ेरि पनि भन्छु एमालेजनलाइ जुटनुमै फाइदा छ ।