गजल
मुखमा राम राम छुरा हान्ने चाला ठिक लागेन
मनको कालो भएको गोरो छाला ठिक लागेन

विश्वास थियो कोठाको ढोकामाथी चाबीमाथी
चोर आउँदा ठ्याक्कै खुल्ने ताला ठिक लागेन

मुख अगाडी सस्तो प्रचार पछी लात मार्ने
प्रहाररुपी जिब्रोको साँच्चै भाला ठिक लागेन

एकदिन मर्नको लागी यति धेरै दिन बाच्नुपर्ने
मलाई जिन्दगीको यै चालामाला ठिक लागेन

बाचा थियो कसम थियो संगै मर्ने जिउँने
झुटा ति माया प्रेमका टाला ठिक लागेन।