गोरखा । गोरखामा  एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो ।

निषेधाज्ञामा पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने भएको छ । बिहान ५ बजे देखि दिउँसो १ बजेसम्म खुल्न पाउने निर्णय बैठकले गरेको हो । सामुदायिक बिद्यालयको हकमा पुस्तक व्यवसायीले आवश्यक पुस्तक बिद्यालयसम्म पुर्‍याइदिनुपर्ने छ ।

खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म संचालन गर्न पाइने छ।