हैराने दुर्गाको लेखन र बिश्वास भण्डारीको निर्देशनमा शंका सिरियल सुरु भएको छ । सामाजिक कथामा आधारित भएर प्रसारण भइरहेको शंकामा कपिल मगर , भुमिका मगर , अञ्जली थापा ,आचल केसी , सोहम सोनी ,रमेश लुइँटेल आदीको अभिनय रहेको छ । यस सिरियल हयारी कट्टेलले खिचेका हुन ।
चल्छ नेपालमा युटुब च्यानल मार्फत प्रसारण भइरहेको सिरियलले समाजको मनोबिज्ञानलाई समेटेको देखिन्छ । कथाकार हैराने भन्छन् – समसामयिक बिषयमा हामीले देखाउन खोजेका हौं ।शंकाले मानिसको जीवन कसरी असर गर्छ भन्ने कुरामा केन्द्रीत भएको थियौ । शंकाले लङ्का जलाउछु भन्ने नेपाली उखान छ । हाम्रो ध्येय पनि त्यहीँ हो ।