पछिल्लो समय राउटे चेलीहरु माथी भएको यौनजन्य हिंसाले अहिले सामाजिक संजाल तातेको छ।दैलेख र सुर्खेतका जङ्गलहरुमा फिरन्ते जीवन बिताइरहेका जङ्गलका राजा भनेर चिनिने राउटेहरुको आफ्नै भाषा ,धर्म ,कानुन छ,उनीहरुले नेपाल सरकारको कानुन पालना गर्दैनन् । उनिहरु आफ्नो समुदायको मुख्य ब्यक्ति मुखियाको आदेश ,कानुन अनुसार नै काम गर्ने गर्छन् ।राउटेहरुले आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पनि पाप ठान्छन, यौन दुर्व्यवहार भयो भने त महा अपराध नै ठान्छन् ।त्यही भएर उनिहरु आधुनिक समाजभन्दा  पर छन् ।

  सामाजिक सञ्जालमा भाइरल भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे मात्रै पनि पीडित युवतीहरुलाई मृत्युदण्ड हुनसक्ने सरोकारवालाहरु बताउछन् ।  घटना थाहा भए भने घरेलु हतियार प्रयोर गरेर मारिहाल्ने सरोकारवालाहरुको भनाइ छ। घटना राउटे बस्ती सम्म नपुगोस भनेर अहिले प्रशासनले राउटे बस्तीलाई सिल गरेको छ।यो राम्रो पक्ष हो। अहिले यसै घटनाको बिषयलाई लिएर ती दुइटी राउटे चेलीहरुको आफ्नै समुदायबाट कसरी ज्यान जोगाउने भनेर सरोकारवालाहरु लागिपरेका छन् ,यस बिषयमा चिन्तित छन् । पछिल्लो समय युटुबे मिडिया सल्बलाएकै कारण ती राउटे चेलीहरु असुरक्षित हुँदै गएको स्पष्ट देखिन्छ ।युट्युबमा भिउज बढाउन कै लागि उनीहरुले बेला बेलामा राउटे बस्तीमा जाने, अनेकन प्रश्न सोध्ने,उनीहरुको भित्री कुरा खोतल्ने जस्ता कार्य गर्दै आएका छन् ।ती युटुबेहरुकै कारण पनि झन पिडित राउटे चेलीहरु असुरक्षित बन्ने खतरा छ।स्थानीय निकाय, प्रशासनले त्यस्ता गैर पत्रकार,युटुबेहरुलाई राउटे बस्तीमा प्रवेशमा रोक लगाउन जरुरी छ,होइन भने कुनै न कुनै दिन यिनिहरुकै कारण राउटे समुदायमा घटनाको जानकारी नहोला भन्न सकिन्न।