काठमाडौं ।खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तथा  सभासद आर के खम्बुले हालै उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति  जायज भएको बताएका छन् । सभासद खम्बुले यो देश खम्बुवान ,लिम्बुवान ,नेवा,ताम्सालिङ,थरुहट,मगरात,सबैको साझा घर भएको भन्दै बहुल राष्ट्रको माग गर्दैमा देश नटुक्रीने ठोकुवा गरे।उनले  जातीय आधारमा स्वयत्तता दिनुपर्ने समेत बताए।संविधानमा समेत नेपाल बहु जाति ,बहु धार्मिक,बहु सास्कृतिक भनेर भनिरहदा यहाँ बहुल राज्य राष्ट्र निर्माणको विकल्प नरहेको समेत बताए।इतिहासमा समेत नेपालमा बाइसे,चौबिसे राज्य छदा समेत जातिय तथा पहिचानको स्वयत्तताको आधारमा राज्य चलेको बताउदै सभासद खम्बुले राज्यका हरेक निकायमा सबैको समान अधिकार र पहुँच हुनुपर्ने बताए।