घटनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाए युवती आफन्तबाटै मारिन सक्ने पत्रकार नगेन्द्र उपाध्याय बताउँछन् । ‘राउटेले आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्छ, यौन दुर्व्यवहार त उसका लागि जघन्य अपराध हो’, उपाध्याय भन्छन् ।

विगत लामो समयदेखि राउटे समुदायको उत्थानका लागि काम गर्दै आएका उपाध्याय सामाजिक सञ्जालमा भाइरल भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे पीडित युवतीहरुलाई मृत्युदण्ड हुनसक्ने बताउँछन् । ‘यो घटना थाहा पाए स्वीकार्दैनन्, सजाय मृत्युदण्ड हुन सक्छ, घरेलु हतियार प्रयोर गरेर मारिहाल्छन्’, उनले भने ।

उनले थपे, ‘ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्, जसले गर्दा पीडित युवतीहरू आफ्नै समुदायबाट झनै असुरक्षित छन् ।’
( स्रोत अनलाइन खबर )
यो खवर नेपालको चर्चित अनलाइन अनलाइन खवरमा पढेपछि मेरो दिमाग रन्थनियो । हामीले अभ्यास गरिरहेको पत्रकारिताले हामीलाई कहाँ पुर्याउला ? हामीले सस्तो लोकप्रियता लागी गरेको पत्रकारिताले कुनै समुदायलाई अहित गर्छ भने त्यसको जिम्मेवार को हो ? मनमा अनेकौं प्रश्न उठे । मन बैचेन भो ।
पछिल्लो समय युटुबे मिडियाको दबदबा छ । सामान्य घर झगडादेखि नितान्त पारिवारिक घटनामा समेत युटुबे पसेका छ्न ।पत्रकारिताको मापदण्डभित्र यस्ता कुरा पर्दैनन् । कसैको चरित्र हत्यासँग पत्रकारिता जोडिन सक्दैन ।
राउटे युवतीमाथी भएको यौन दुव्र्यवहारको घटनाको भिडियो अनावश्यक रूपमा प्रचार गर्न युटुबेहरुकै हात रहेको छ । पत्रकार उपाध्यायले भने जस्तै मुखियाको आदेशमा चल्ने राउटे समुदायमा ती पीडित युवतीलाई झन अर्को सजाय हुन सक्ने स्थिति आएको छ ।
यसैले केल्लाइ समाचार बनाउने र कुन चाहिँ भिडियो सार्बजनिक गर्दा ब्यक्ति जीवनमा नकारात्मक असर गर्छ भन्ने कुराको ख्याल गरिएन भने दुर्घटना निम्तन सक्छ । मानिसको जीवन नै समाप्त हुन सक्छ । यसैले पत्रकारितालाई मर्यादिन बनाउ । समाजप्रती उत्तरदायी बनाउ ।