काठमाडौं । नेपाली जनता दलका सचीव तथा जय जनता टिभी डट कमका संचालक पत्रकार तेज नारायण चौधरीले आज सिनामंगलस्थित बागमती किनार आसपास बसोबास गर्दै आइराखेका गरिब मजदुरहरुलाई स्वस्थ सामाग्री अन्तर्गत सर्जिकल माक्स बितरण गरेका छन् । करिब १६४ जना भन्दा बढिलाई लगभग ५००० पिस माक्स बितरण गरिएको चौधरीले जानकारी दिए। यो महामारीमा सबै भन्दा बढी मर्कामा गरिब मजदुरहरु परेको भन्दै चौधरीले थोरै भए पनि आफुले सहयोग गरेको बताए। स्मरण रहोस् गत बर्ष समेत पत्रकार चौधरीले धेरै जनालाई राहत सामाग्री बितरण गरेका थिए।