युवा नेता रामबाबु रजकको पहलमा सप्तरीमा एक हजार ट्युब वेल जडान हुने

- चर्चित खबर सम्बाददाता

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १८:२६

सप्तरी / नेपाली जनता दलका केन्द्रिय सदस्य तथा युवा नेता रामबाबु रजकको पहलमा सप्तरी जिल्लाको सबै गाउँ पालिका तथा नगरपालिकामा बसोबास गर्ने गरिब असहाय समुदायको लागि  करिब एक हजार ट्युब वेल जडान हुने भएको छ।  नेता  राम बाबू रजक तथा अर्का नेता तथा यस  योजनाका ब्यबस्थापक   राम बिलाश सदायद्वारा शुद्ध  खानेपानीको लागि उक्त ट्युब वेल बितरण गरिएको बताए।

सप्तरी जिल्लाका   गरिब, निमुखा पिछडिएका बर्गहरुको लागि शुद्द! खानेपानी उपलब्ध गराउने मुख्य उद्देश्य रहेको   संयोजक रजकले बताए ।     हाल सम्म पच्चीस घरमा कल जडान गरिसकेको र दुई महिना भित्र सबै  ठाउँमा कल  जडान गरि सकिने नेपाली जनता दलका प्रदेश सचिव सदायले जानकारी दिए । शुद्ध खानेपानी पाउने भएपछी यहाँका स्थानीयहरु समेत खुशी भएका छन् ।

Facebook Comments
  • मुख्य