रसुवामा जन्मेका नवीन घिमिरे चिनिएका कलाकार हुन । घिमिरे पछिल्लो समय म्युजिक भिडियोहरुमा ब्यस्त छ्न। हामीले उनलाई छोटो मिठो पाँच  प्रश्न सोधेका छौं ।
१) प्रेम भनेको हो ?
प्रेमको परिभाषा हुँदैन , यो मान्छेको सुन्दर भावना हो ।
२ ) तपाईंले कलाकारिता लागेर के पाउनु भयो ?
आर्थिक रूपमा धनी हुन म कला क्षेत्रमा आएको होइन , जता जादा पनि मानिसहरुले कलाकारको रूपमा चिन्छ्न खुशी लाग्छ ।
३ ) आजकाल टिकटक त धेरै बनाउनु हुन्छ ?
यो चाहिँ रमाइलोको लागि हो , यसले मेरो अभिनय सुधार्न सहयोग गरेको छ ।
४ ) तपाईं यो क्षेत्रमा खुशी हुनुहुन्छ ?
एकदम खुशी छु । हाम्रो खुशी भनेको दर्शकको माया हो ।
५) नयाँ कलाकारलाई के भन्नुहुन्छ ?
आज आएर भोलि हिट हुन्छु भनेर नसोचे हुन्छ । यो क्षेत्रमा धेरै दु:ख संघर्ष गर्नुपर्ने हुन्छ ।