तीन नम्बर प्रदेशको राजधानी मानिन्छ मकवानपुर । औद्योगिक क्षेत्रको रूपमा समेत परिचित हेटौंडाको महत्त्व भिन्नै खालको छ । तर लकडाउनको चर्को मार हेटौंडाले भोगिरहेको त्यहाँको स्थानीयको गुनासो छ । देशको मुख्य आवातजावत हुने उपत्यकामा समेत लकडाउन खुकुलो हुँदै गर्दा मकवानपुरमा भने झन समस्या हुँदै गरेको सर्बसाधारणहरु बताउछन् ।
उपभोक्ताले बिहान नौ बजेसम्म बेलुकी पाँच बजेपछि सहज रूपमा दैनिक उपभोग्य बस्तु खरिद गर्न पाउनुपर्ने हो । यसको निम्ति सामाजिक दुरी , स्वास्थ सतर्कता अनिवार्य हुन्छ । सरकारले तोकेको सामान्य मापदण्ड हेटौंडा आसपासमा चाहिँ किन लागु भएन होला । तेल चामल नुन तरकारी किन्न समेत गाह्रो परेपछि मानिसको गुनासो हुन्छ नै ।हेटौंडाको सवालमा त्यही भए जस्तो लाग्छ । उनीहरूले अत्यावश्यक सामान सरकारले तोकेको समयमा किन्न पाउनुपर्यो भनेकै हुन ।
हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै नियम बनाउदा सर्वसाधारणले रनभुल्लमा पर्ने गरेका छ्न । कुन जिल्लाको के नियम हुन्छ , त्यो सबैलाई जानकारी नहुन सक्छ ।संन्चार माध्यममा एउटा सूचना आउने जिल्लामा अर्कै नियम हुने हुँदा हेटौंडामा पनि त्यस्तै भएको हो कि ?
हेटौंडा एउटा उदाहरण मात्र हो । देशभरीका जनताको गुनासो छ । स्वास्थ मापदण्डमा आम मानिसहरु किन जोडिन सकेनन् । उनीहरूलाई सधैं किन असहज स्थिति सामाना गर्नुपर्यो ?
त्यतातिर ध्यान दिने कि ?