दोलखा जिल्ला साविक च्यामा गाविस हाल तामाकोसि गाँउपालिका ६ मा जन्मनु भै काठमाण्डौ कागेश्वरी नगरपालकिा ७ मा बसि शिैक्षिक संस्था,स्वास्थ्य, सञ्चार लगायत विभन्न ब्यवसायिक तथा सामाजिक क्षेत्रमा रहेर काम गर्दै आउनु भएको ब्यवसायमा सफल, सामाजिक क्षेत्रमा अब्बल र राजनितीक क्षेत्रमा हुन कोशिस गरि रहनु भएको ब्यक्तित्व श्री विष्णु पोखरेलसँग अहिलेको विषम परिस्थितीमा शिक्षामा केन्द्रीत रहेर गरिएको कुराकानी ।
शिक्षा के हो ?
शिक्षा भनेको मात्र किताबी सिकाइ होइन शिक्षा परिक्षा पास गर्नु, डिग्री अनी जागिर हासिल गर्नु, विवाह गर्नु अनी जीवन व्यतित गर्दै जानु मात्र होइन । अझ बढि, चराहरूको आवाज सुन्न सक्नु, निलो गगनलाई नियाल्न सक्नु, वृक्षहरूको अदभूद सुन्दरता अनी पहाडहरूको आकृती देख्न सक्नु, र तिनिहरू सँग प्रत्यक्ष सम्पर्कमा गाँसिनु उनीहरूलाई अनुभुत गर्न सक्नु, यो पनि शिक्षा नै हो । यो तपाई हाम्रो जीवन हो, जीवनलाई कसैले पढाउन सक्दैन, न पुस्तक न त गुरू । जीवनले अफैबाट सिक्न सक्नु पर्दछ, पुस्तकबाट होइन । आफूलाई जान्नु एक महान सिकाइ हो । यो रोचक अनी अनन्त प्रकृया हो । जब तपाईले आफैले आफैलाई चिन्नुहुन्छ, आफूबाटै सिक्न सुरू गर्नुहुन्छ, यसले तपाईको अन्तरनिहित विवेक खोल्दछ । तत्पश्चात तपाई अति फरक, सुखी अनी सुन्दर जीवन व्यतित गर्न सक्नुहुनेछ ।
कोभिड १९को लकडाउनबाट विद्यार्थीको जीवन र शैक्षिक क्षेत्रमा पारेको प्रभावलाई कसरी लिनहुन्छ ?
युनेस्कोको डाटा अनुशार विश्वमा एक अर्ब तीस करोड विद्यार्थी प्रभावित हुने गरि संसारभर नै विद्यालय बन्द भएको र केही मात्रामा खुलेको हालको अवस्थाका बीच कोभिड–१९ को रोकथाम तथा सामना गर्नकालागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र हितमा अभूतपुर्व जोखिम सिर्जना भएको छ । विशेषगरि सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा यसले ठुलो असर पार्ने देखिएको छ । विद्यालय बन्द भएका कारण रोगको संक्रमणमा कस्तो प्रभाव पर्दछ भन्ने बारे पर्याप्त प्रमाण नभएतापनि बन्द विद्यालयका कारण बालबालिकाको सुरक्षा र सिकाईमा परेको ठुलो नकारात्मक प्रभावको प्रमाण रहेको, पछिल्ला दशकहरूमा बालशिक्षाको क्षेत्रमा हासिल गरिएका उपलब्धीहरू गुम्नुका साथै अवस्था पहिलेको भन्दा झनै विग्रनसक्ने जोखिम सिर्जना भएको छ । “अति विपन्न राष्ट्रहरूमा बालबालिका दिनभरीको एक छाक खानाको लागि प्राय विद्यालयमा भर पर्ने गर्छन् । तर अहिले कोभिड–१९ का कारण विद्यालयहरू बन्द भएसँगै लगभग ३७ करोड बालबालिकाले उक्त पोषणयुक्त भोजन गुमाईरहेका छन्, जुन उनीहरूकालागि अत्यन्तै महत्वपूर्ण हुने गर्थ्यो । यस बाहेक विद्यालयमा प्राप्त हुने स्वास्थ्य सेवाबाट समेत उनीहरू बञ्चित भएका छन् । यसको असर दीर्घकालीन हुन सक्छ । त्यसैले विद्यालय पुनःसुचारू भएसँगै विद्यालयमा खाना तथा स्वास्थ्य कार्यक्रमपनि सञ्चालन गर्नुपर्ने हुन्छ, जसले गर्दापनि अत्यन्तै जोखिममा रहेका बालबालिकालाई विद्यालय जान प्रोत्साहन मिलोस”, समग्र विद्यार्थीहरुको जिवनमा यस्ले नराम्रो अशर पारेको छ । साथै सामुदायिक तथा निजी शैक्षिक संस्थामा ठुलो मात्रामा आर्थिक नोक्सानी तथा प्रयोगमा रहेका बस्तुहरु प्रयोग विहिन हुन पुगेका छन । जस्को कारण ब्यक्ति र राज्यलाई समेत ठुलो क्षती पुगेको छ ।

  1. अहिलेको विषम परिस्थितीमा विद्यार्थी, एंव अभिभावकलाई तपाईको शुझाव ?
    कोरोना भाईरषको बारेमा पहिला अभिभावक र विद्यार्थीबर्गले बुझ्न जरुरत छ ।
    ‘नोभल’ कोरोना भाइरस के हो?
    कोभिड–१९ कसरी फैलिन्छ?
    कोरोनाभाइरसका लक्षणहरू के के हुन ?
    संक्रमणको जोखिमबाट म कसरी जोगिन सक्छु?
    मेरा बालबालिकामा कोभिड–१९ का लक्षण देखिएमा के गर्ने?
    परिवारको सदस्यमा लक्षण देखिएमा के गर्ने?
    यात्रा गर्दा आफ्नो परिवारका लागि के कस्तो सावधानी अपनाउन पर्ला ?
    अहिलेको समयमा म दुर्व्यवहार, भेदभाव र लाञ्छनाका बारेमा कसरी कुरा गर्ने? भन्ने बारेमा पहिला बुझौँ त्यस पश्चात अहिलेको अवस्थामा तपाईं हामि कोरोनाभाइरसको कारणले चिन्तित हुनु स्वाभाविक हो । तर भय र त्रासले विद्यमान समस्यालाई झनै जटिल बनाउँछ । उदाहरणका लागि, अहिले विभिन्न मुलकहरुका मानिसहरूमाथि मौखिक तथा शारिरिक दुर्व्यवहार समेत भएको समाचारहरू आईरहेका छन् ।
    स्वास्थ्य सम्बन्धी आपतकालीन अवस्था, यसबाट प्रभावित सबैका लागि तनावपूर्ण समय हो । यस्तो समयमा सहि जानकारी लिईराख्नु र एक अर्का प्रति माया र सद्भाव कायम राख्नु महत्वपूर्ण हुन्छ । विद्यमान भेदभावलाई बढावा दिने खालको भाषा र शब्दावलीहरूको प्रयोगले मानिसहरूलाई आवश्यक पहिचान गराउनबाट निरुत्साहित गर्न सक्छ र उनीहरू तथा उनीहरूका परिवारमानै जोखिममा पर्न सक्छन् । त्यसैले विद्यार्थीबर्ग यो अवस्थाबाट नआतिने र अभिभिावक बर्गले विद्यार्थीहरुलाई बैकल्पिक माध्ययमबाट शिक्षा प्राप्त गर्न सहज हुने गरि साधन तथा उपकरणको ब्यवस्था मिलाई सौर्हादपुर्ण बाताबारणको शिर्जना गर्ने साथै सधैँ यो अवस्था रहँदैन सहज परिस्थितीको प्रतिक्षा गर्ने ।
    कोभिड १९को विषम परिस्थितीमा शिक्षा क्षेत्रमा राज्यको दायित्व कस्तो छ ? तपाईको विचार
    कोभिड–१९ महामारीका कारण संसारभरिनै विद्यालयहरू बन्द गर्नु पर्ने अवस्थाको र्सिजना भयो ताकी नेपालमा नहुने कुरै भएन । सम्पुर्ण समहूका बालबालिकाहरुलाई शिकाईलाई प्रथामिक्तामा राख्नको लागि सरकारले विशेष पहलकदमी गर्ने र दातृनिकायहरुसँग पनि आव्हान गर्ने । जुन कुराको लागि सरकारले यथोचित पहल कदमी गरेको छ भन्ने लाग्दछ किनकी भर्खरै मात्रामा प्रस्तुत आर्थिक बजेटमा पनि शिक्षा क्षेत्रलाई विभिन्न बिकल्पहरु सहित प्रथामिक्तामा राखेको पाईन्छ । अवका दिनमा केहि सहजहुँदै गए पश्चात शिक्षाको सदृुढीकरण गर्न तथा विद्यालय पनुः सञ्चालनका लागि सहजीकरण गर्ने तिर सरकारको ध्यान जान जरुरत छ । अवका दिनमा सरकारले विद्यालयको पाठ्यपुस्तका स्वास्थ्य सम्बन्धि आधारभुत तहबाटनै सामग्री तथा शिकाई सञ्चालन गर्न जरुरत देखिन्छ । जस्को लागि सरकारले गम्भिरताको साथ यस विषयलाई लिन जरुरत छ ।