भारतको लखनाउमा जन्मिएकी सोनि कँडेल अहिले नेपालकी चल्तिकी कलाकार मा गन्निन्छिन।बाल्यकाल भारतमै बिताएकी सोनि २०५२ सालमा  नेपाल फर्किएकी थिइन।२०७० सालमा राजधानी काठमाडौ आएकी सोनिले पत्रीका मा छापिएको कलाकार आबश्यक्ताको बिज्ञापन हेरेर कला मोह जागेको बताउछिन।जोरपाटी को एउटा फिल्मी स्कुलमा अभिनय सिकेर कलाक्षेत्र मा लागेकी उनले हालसम्म २ दर्जनभन्दा  बढि टेलिचलचित्र मा अभिनय गरिसकेकी छिन।कामप्रति निकै बफादार मानिने सोनिलाइ नायिका पनाह अधिकारीले निकै सहयोग गरेको बताउछिन।ठूलो पर्दाको विभिन्न फिल्ममा समेत अभिनय गरेकी सोनि एक कुशल मेकप आर्टिस्ट समेत हुन।