रसुवाका चर्चित कलाकार नवीन घिमिरे ( साजन ) लकडाउनपछि बन्न लागेको वेव सिरिजमा मुख्य भुमिकामा रहने भएका छ्न । द क्रीयटिभ ग्रुप वनाउन लागेको यस वेव सिरिज कोभिड र त्यसले जनतामा पारेको प्रभावको बिषयमा केन्द्रित हुनेछ । काठमाडौं आसपासमा छायांकन हुने वेब सिरिज धेरै दर्शक माझ जाने निर्माण टिमले जनाएको छ। सकेसम्म टेलिभिजन मार्फत सिरिज आउने छ ।
नविन भन्छ्न – मेरो लागी यो नयाँ अनुभव हो । सकेसम्म राम्रो गर्ने प्रयास हुने छ । निर्माण टिमले नयाँ टिमलाई समाबेश गर्ने हुँदा हामी कलाकार पनि चयन गरिरहेका छौं । सामाजिक बिषयमा राम्रो गर्ने सोच छ ।