काठमाडौं ।  धावक तेजेन्द्र प्रधान लगायत उनका सम्पुर्ण परिवारलाई कोरोना सङ्क्रमण भएको छ। झापाको दमकमा बस्दै आएका धावक तेजेन्द्रका परिवारलाई कोरोना सङ्क्रमण भएपछी अहिले उनले सहयोगको अपिल गरेका छन् ।उनले आफ्नो पुरै परिवार कोरोनाका कारण मृत्युको मुखमा रहेको भन्दै आर्थिक  सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।पारिवारिक अवस्था सामान्य रहेका तेजेन्द्रलाई सहयोग गर्न इच्छुक जो कोहीले उनको सम्पर्क नम्बर 9863629416 मा सम्पर्क राख्न सक्नुहुन्छ ।