उसु खेलाडी जुनी राई र   धादिङका नीरज थापा मगर   शुक्रवार विवाह बन्धनमा बाँधिएका छन् । केही समय अघि देखि धादिङका नीरज थापा मगरसँग प्रेम सम्बन्धमा रहेकी  जुनी र निरजले अनुशासित रूपमा आफ्नो परिवारको सदस्यका माझमा विवाह गरेका हुन्।
नीरजको धादिङस्थित निवासबाट मगर संस्कृतिअनुसार उनीहरूको बिहे भएको हो । जुनी र नीरज दुवै जना नेपाल प्रहरीका असई हुन् ।
जुनी १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक तथा  १२ औँ दक्षिण एसियाली खेलकुदकी रजत पदक विजेता हुन् ।