देश स्वास्थ संकटको स्थिति देखापरिसकेको छ ।अस्पतालहरूमा बेड छैन ।आर्यघाटमा मानिस जलाउने ठाँउ छैन । मिडियाहरु अहिले मृत्यु समाचार पस्कने दुतमा रुपान्तरण भएका छ्न ।देशमा भयावह स्थिति सिर्जना भएको छ । दैनिक रूपमा बढिरहेको संक्रमितको संख्याले नयाँ रेकर्ड कायम हुँदैन गएको छ ।तर सरकार र प्रतिपक्षी दलका नेताहरू भने आपसी भेटघाट र सत्ताको खेलमै लिप्त छ्न । उनीहरूले देशको स्थितिप्रती ध्यान दिए जस्तो देखिदैन ।
सामाजिक संन्जामा एउटा भिडियो भाइरल जस्तै छ । नगरपालीकाले एम्बुलेन्स उपलब्ध गराउन नसक्दा बिरामी ज्यानको गएको छ ।यो एउटा उदाहरण मात्र हो ।अब एम्बुलेन्स उपलब्ध गराउन नसक्ने स्थिति सिर्जना हुँदैछ ।यसलाई हामी राष्ट्रिय स्वास्थ संकट रूपमा हेर्न सक्छौ ।
कतिपय अस्पतालले बिरामीको भर्ना नलिने घोषणा गरिसकेका छन । भर्ना लिइएका बिरामीहरुको ब्यबस्थापन गर्न समेत अस्पताललाई हम्मेहम्मे परेको देखिन्छ । पब्लिकमा स्वस्थ्यप्रती सचेतता नहुदा सक्रमित संख्या बढिरहेको छ । अन्य खालका रोगीहरुमा कोरोनाको जोखिम हुने हुँदा अहिले झन जटिलता उपन्न भएको हो ।
सामाजिक संन्जालमा एउटा ट्रोल भाइरल जस्तै छ ,सरकारी अस्पताल जाउ ज्यान रहदैन , निजि अस्पताल जाउ घर रहदैन ।यो ट्रोलले अहिलेको स्थिति प्रष्ट रूपमा बोलेको छ। यतिमात्र होइन नीजी अस्पतालसम्म पहुँच नहुने जनसंख्या ठुलो मात्र रहेका छन ।उनीहरूले कि त यस्तै हो भनेर बस्नुपर्यो कि सरकारी अस्पताललाई गन्तव्य बनाउन पर्यो ।
योसँगै समाजमा खाद्यान्न अभावको समस्या पनि तत्काल आउने स्थिति छ ।अहिले निजी क्षेत्रमा सामुहिक भोजन गराउने अभियन्ताहरु पनि देखापरेका छन। उनीहरू पब्लिक र मिडियाले सपोर्ट गर्नपर्छ । हामी माझ आउने संकट निवारण राष्ट्रिय एकताको भावनाले मात्र गर्न सक्छ ।
स्थानीय निकाय कोभिड संक्रमण विरुद्ध सशक्त हुन सकेको छैन ।यसको कारण राहत उद्धार र संम्वन्य हुन सकेको छैन ।ग्रामीण भेगमा कोरोना फैलिदा स्थानीय निकायले पहलकदमी नलिदा जोखिम दर ह्वात्तै बढने स्थिति आउँछ । सरकारले स्थानीय निकायलाइ अधिकार त दियो तर उनीहरू त्यसलाई निर्वाह गर्न सकेनन् । स्थानीय सरकार पनि स्थानीय निकाय सुस्ताएर नबसोस ।
अहिले हामीलाई चाहिएको भनेको सामुहिक हातेमालो र सहकार्य नै हो ।राज्यलाई निरन्तर खवरदारी आबस्यक छ । संन्चार माध्यमलाई तिब्र रूपमा जनताको स्वास्थ अधिकार स्थापित गराउने कुरामा केन्द्रित बनाउनुपर्छ ।हर क्षेत्र अहिले संकट विरुद्ध जुरुक्क उठ्नुपर्छ । यो महामारीबाट हामी चाडै उम्किनुपर्छ ।