काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निशेधाज्ञामा उपत्यकामा आइतबारदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनुगमनका क्रममा सवारी र मानिसहरुको  चाप नघटेकाले थप कडाइ गर्न लागिएको बताए। पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौँका विभिन्न‍ स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वनको अवस्था बारे जानकारी लिएको थियो ।

यसैबीच, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्‍चालन गर्न दिने निर्णय गरेको छ। त्यसमा पनि एक चौथाइ कर्मचारी राख्‍नु पर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंकले गर्नुपर्ने भनिएको छ ।
यस्तै, सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्‍चालन गर्न भनिएको छ ।

यस अघि सन्चार संस्थाको कार्डले आवातजावत गर्न पाउने पत्रकारहरुलाई समेत सुचना बिभागको कार्ड अनिबार्य गरेको छ।