तिमी नै तिमी

आजभोलि म,
तिम्रो प्रेमिल यो मिठास बाँचिरहेछु!
मुटुमा अदभूत आभास साँचिरहेछु।

मनपरेको गितलाई,
जसरी सुनेर तिमीलाई!
माकुराको जालोलाई
जसरी बुनेर तिमीलाई !

शुन्यताभित्र सुन्न सक्छु र पो,
मौनताभित्र भेटेर सुनिरहेछु तिमीलाई!
मेरो बन्न चाहनेलाई छाडेर,
मनको प्रिय बनेको तिमी हौँ र त
हरेकपल्ट उसैगरी चुनिरहेछु तिमीलाई!

मुटुका यि चारैकुना फैलिदा,
आँखाको नजिक छैनौं र होला
यत्रतत्र सर्वत्र तिमी नै तिमी खोजिरहेछु म।
खोजाइ बनेर कयौं नजिकिदा,
रोजाइ बनेर मात्रै तिमी रह्यौ र होला
हरेकपटक तिमी नै तिमी यहाँ रोजिरहेछु म!

दिमागले अरु केही बुझ्दा,
दिलले तिमीलाई मात्रै बुझिदियो
यसर्थ तिमीलाई नै मेरो करिब सजाइरहेछु!
आँखाले दृश्यहरु नियाल्दा,
मनले तिमी मात्रै नियालिदियो
यसर्थ मुटुमा केवल तिमीलाई जोगाइरहेछु!

एकान्तको साथी बनेर आउने भएर नै,
कयौंपटक एकान्तमा तिमीसंगै हराइरहेछु यहाँ!
मेरो दुनियाँ छाडी तिमी धाउने भएर नै,
हामी बिचको दुरि पनि म मन पराइरहेछु यहाँ!

✍️अमृता भण्डारी