रसुवा ।मंगलवार लाङटाङ राष्ट्रिय निकुञ्ज को सुरक्षार्थ खटिएको विष्णु दल गणको गस्ती टोलिले टिमुरे क्षेत्र मा रहेको तातोपानी मासु काटिएको अवस्थामा चार व्यक्ति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेका तीन पुरुष र एक महिला छन् ।उक्त मासु घोरलको रहेको आशंका गरिएको बताईएको छ ।

पक्राउ परेका चारैजनालाई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढाइएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । पक्राउ परेकाको नाम भने लाङटाङ राष्ट्रिय निकुञ्जले खुलाएको छैन ।नेपाल समाचारपत्र बाट