सरकारले यहि १६ गतेबाट लकडाउन लगाउने घोषणा गरेको छ । सरकारको यो घोषणासँगै आम मध्यम बर्ग मजदुर किसानवर्गमा फ़ेरि सन्त्रास उत्पन्न भएको छ ।रोगले त मरिन्छ मरिन्छ भोकले पनि मर्ने हो कि भन्ने चिन्ता उनीहरूमा बढेको देखिन्छ ।
भर्खरै तङग्रीदै गरेको अर्थतन्त्र , अभावबाट राहत पाइरहेको गरिब वर्गको बीचबाट शहरी उच्च वर्गलाई अमनचयन दिने गरि लकडाउन भएको छ । समाजशास्त्रीय हिसाबले यो नितान्त गलत छ ।
हाम्रो देशमा एउटा बर्ग छ , जो सधैं मोजमा रहन्छ ।ती भब्य घरमा बस्छन् , उनीहरूसँग महँगो कुकुरहरु हुन्छन् । सिटामोल नपाएर मान्छे मर्ने यो देशमा उस्तै परे कुकुर हेर्ने गोठलासम्म हुन्छन् । यस्तो वर्गलाई लकडाउन एउटा बेड रेस्टको समय वा फन्नी टाइमबाहेक केही पनि होइन , हुनसक्दैन ।
जब देशमा सङकटको वातावरण हुन्छ तब त्यसको असर सामान्य गतिखाने वर्गमाथी पर्न जान्छ । हाम्रो देशमा एउटा यस्तो वर्ग पनि छ जो एक छाक टार्न कै लागी कतार मलेसिया र साउदी पुगिरहेको छ । उनीहरूको जीवन र उच्च वर्गको जीवन आकाश र जमिन बराबर फरक छ ।
यो लकडाउनले कस्को घाँटी निमोठछ ? यो लकडाउनले कसको गाँस खोसिन्छ ? कस्ले रत्नपार्कमा एक टपरी भातका लागी दिनभर लाइन बस्नुपर्छ ? त्यो बर्गप्रती राज्य जिम्मेवार हुन्न भन्न पाउदैन । लकडाउन औचित्य सामान्य मान्छेलाई घरभित्र थुनेर कहाँ हुन्छ ? आफ्नु जनताप्रती सरकार पुर्णतः जिम्मेवार हुनुपर्छ । आफ्नु बलबुत्ताले भ्याएसम्म लोककल्याणकारी हुन राज्य चुक्नु हुन्न । राज्य सबैको भन्ने कुरा वोध हुनुपर्छ । विशेश त राज्यलाई गरिबहरुको आसय केन्द्र बनाउनुपर्छ ।