काठमाडौं  ।मुलुक भरका   प्राईभेट मेडिकल कलेज स्तरिय कर्मचारी युनियन  संयोजकमा नेपाल  मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका  अध्यक्ष  किरण के .सी चयन भएका छन।

देश भरिका प्राईभेट मेडिकल कलेज तथा डेन्टल कलेज युनियनका पदाधिकारीहरुको यहि बैशाख  ३ र ४ गते पोखरामा भएको भेलाले संयोजकमा नेपाल  मेडिकल कलेजका आधिकारिक ट्रेड युनियन अध्यक्ष  किरण के .सी  सर्वसम्मत रुपमा संयोजक  चयन भएको हो ।

त्यसै गरि सोहि भेलाले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कर्मचारी संघ केन्द्रीय कमिटीका  सभापति  यम बहादुर खडका लाई सह-संयोजक पदमा सर्वसम्मत चयन गरेको छ।  सोहि  भेलाले अन्य पदाधिकारी तथा सदस्यहरु बनाउने जिम्मेवारी पनि संयोजक किरण केसी र सह संयोजक यम बहादुर खड्कालाइ दिएको छ ।