बाँकी छन केही अझै कति कति हिसाबहरु
मैले एक एक हिसाब क्लियर गर्नुछ
३३ कि ५o
हजारौं बर्षदेखिको उत्पिडनको मुल्य ?
अब मलाई सोध्नुछ

मसंँग भैदिएको भए जादु जस्तो कानुन
मसँग भैदिएको भए यस्तो रंग
म पुछ्ने थिए नारीहरुमाथी लागेका
हजारौं बर्ष पुरानो धब्बाहरु , दागहरु
फोहरहरु , असमानताहरु

पुरुष भन्दा कमजोर हुन्छन् महिलाहरु ?
म यस्तो कुरा सिधै खारेज गर्छु
नारी भनेका फूल हुन् र देवि हुन
म यस्तो कुरा पनि मान्दै मान्दिन
चाहन्न म फूल जस्तै कोपिलामै निमोठिन
चाहान्न म लुछिन तिम्रा रहरहरुमा

फेरि भेटिनेछन भने
बज्युको गाथामा
आमाको कथामा
बैनीको फक्रमा
रगतका टाटाहरु
मलाई यस्तो दुनियाँ स्वीकार छैन ।

रचिए
महिलाहरुका कहालीलाग्दो इतिहास
जिउदै पोलिएका हाम्रो ब्यथा
नजरबन्द,छाउपडी,दहेजका कथा
स्कुल ड्रेसमा लागेका रगतका कहानी
अब मुक्त हुन्छु यी सबबाट
म एक हजार हुन्छु
म शब्दबाट आवाज हुन्छु

निर्मलाको निर्मम हत्या भएको
मनिका माटोमा बिलिन भएको
भागरथी भाग्न नसकेर
छट्पटीमै मर्नुपरेको
सम्झना सम्झनामा मात्र बनेको
गुलाबहरुको अधुरो कथा
म मुक्त चाहन्छु यी सबबाट

म आए मैदानमा
इतिहासको गति फेर्न
ए अत्याचारका सेवकहरु
के तिम्लाइ सन्चै छ ?
म चाहिँ उपचार गर्न आएको छु असमानताको

म सहसशिला होइन
म शुशिला होइन
म सीता होइन
म दौप्रदी होइन
बर्खास्त गरिदेउ
यो पुरानो सवाललाई
अब मलाई २१ औं सदिको महिला हुन देउ
मलाई म हुन देउ