धादिङ खानीखोला जन्मेकी सारिका केसी काठमाडौंमा रोजगारी गर्छिन । सानै उमेरदेखी कला क्षेत्रमा रुचि राख्ने सारिका स्कुले जीवनदेखी नै नाटक , नृत्य आदि मार्फत आफ्नु कला प्रस्तुत गर्थिन ।
हालै उनी एक म्युजिक भिडियोमा छनौट भएकी छिन ।लोक आधुनिक गीतमा बन्ने उक्त म्युजिक भिडियोमा उनको प्रमुख भुमिका रहने निर्माण टिमले जानकारी दिएको छ । यसबाट सारिका उत्साहित भएकी छ्न ।
भन्छिन – मेरो सानै उमेरदेखिको रहर पुरा हुन आटेको छ ।यसैले म धेरै खुशी छु । राम्रो काम गर्नेछु ।दर्शकको मन जित्ने ठुलो आशा छ ।सफल हुन्छु भन्ने लागेको छ ।
नयाँ कलाकारले अबसर पाउन गाह्रो छ ।तर सारिकाले सामान्य सङघर्स मार्फत अबसर पाएकी छिन ।यो उनको लागि राम्रो अबसर हो।