काठमाडौं । विस्वको १०औ अग्लो शिखर अन्नपूर्ण हिमालको पहिलो पटक तीन जना नेपाली चेलीहरुले सफलता पुर्बक आरोहण गरेका छन् ।यहि बैशाख ३ गते ८०९१ मिटर अग्लो उक्त हिमालको पहिलो पटक नेपाली चेलीहरु क्रमशः दावा याङ्जुम शेर्पा,पासाङ ल्हमु शेर्पा अकिता र दाबुटी शेर्पाले सफलतापुर्बक आरोहण गरेका हुन्।आरोही तीन जना मध्ये दावा याङ्जुम शेर्पाले बिना अक्सिजन नै आरोहण गरेकी थिइन् ।