काठमाडौं । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने बिशुद्द सामाजिक संस्था ” सेवा नेपाल” को २७ औ बार्षिक साधारण सभा तथा नवौ अधिबेशन निबर्तमान अध्यक्ष कल्याणी शाहको अध्यक्षतामा सम्पन्न भएको छ। आज राजधानीमा आयोजित नवौ अधिबेशन बाट गिता चौधरीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ।नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव लम्साल ,सचिबमा समिता केसी ,कोषाध्यक्षमा सुप्रीया मिश्र र सह सचिबमा रचना श्रेष्ठ चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा क्रमशः कविता झा,सत्यम शर्मा सापकोटा ,निर्मल शर्मा ,मन्जु ठाकुर चयन भएका छन् ।नयाँ कार्यसमितिलाई संस्थाका निबर्तमान अध्यक्ष कल्याणी शाहले बधाई तथा शुभकामना दिदै माइनुट हस्तान्तरण गरेका थिए।२०५० सालमा स्थापित यस सस्थाले महिला तथा बालबालिकाको हक अधिकारको लागि कसरी आर्थिक उपार्जन गर्न सकिन्छ भनेर बिभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको त्यस्तै कृषिमा महिलाको सहभागिता बढाउन हरसम्भब प्रयास गर्ने,महिला हिंसा बिरुद्ध जनचेतना फैलाउने जस्ता कार्य गर्दै आएको नव निर्बाचित अध्यक्ष गिता चौधरीले बताइन् ।अध्यक्ष चौधरीले सेवा दिन सक्ने जुनसुकै सामाजिक संस्था संग सहकार्य गर्न सकिने पनि जनाए।त्यस्तै निबर्तमान अध्यक्ष कल्याणी शाहले यस सस्थाको अन्तराष्ट्रिय सम्बन्ध राम्रो भएको र अब स्थानीय तह लगायत अन्य संस्थाहरुसङ्ग सहकार्य गर्नुपर्ने औलाए।कार्यक्रममा विभिन्न सस्थाका प्रतिनिधि लगायत बुद्दिजिबीहरुले निर्बाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।नयाँ कार्यसमितिलाई बधाई दिदै थारु महिला समाजकी अध्यक्ष गिता चौधरीले यदि सेवा नेपाल बाट प्रस्ताव आए आफुहरु सहकार्य गर्न तयार रहेको बताए।