काठमाडौं । कलाकार तथा फिल्म निर्देशक घनश्याम तिमिल्सिना एन्टिनाको आयोजनामा आज राजधानीको काँडाघारीमा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।विभिन्न कलाकार ,पत्रकार तथा स्थानीय ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवी बिन्दा राई र मिलन राईको समेत उपस्थिति रहेको थियो।शुभकामना आदानप्रदान कार्यक्रममा समाजसेवी बिन्दा राईले योजना बिना नै एक्कासी सवैसंग यसरी भेटघाट हुँदा आफु असाध्यै खुशी भएको बताए।समाजसेवी राईले सबैमा नयाँ सालले नयाँ जोस उमंग ल्याउन भन्दै शुभकामना समेत दिए।कार्यक्रममा कलाकार बेगम नेपाली भटभटे माइला लगायत पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो।