मेलम्ची ११ सिन्धुपाल्चोकमा जन्मेका राज सर्गम र अहिलेकी चर्चित गायिका रचना रिमालको संयुत्त आवाजमा रहेको आधुनिक गित “अर्को जुनि होला नहोला” को भर्खरै रेकर्डिङ सम्पन्न भएको छ।रेकर्डिङ अवस्थाबाटै राम्रो शब्द र मेलोडिको तारिफ पाइरहेको यो गित अतीत लामाले लेखेका हुन भने संगीत राज सर्गम आफैले दिएका छन।,गायिका रचना भन्छिन ,मैले थुप्रै गित गायता पनि औंलामा गन्न मिल्ने राम्रो गितको दर्जामा यो गित पनि परेको छ।  गाउँमा राजु नामले चर्चित राज लाई मिलन दोङ ले नृत्य  सिकाएपछि एकाएक जिबनमा कलाकार बन्ने सपना पलाउन थालेको हो।  संगीतकार बाबुल गिरिको संगीतमा राजले तिम्रै नाउमा बोलको गित गायपश्चात हालसम्म दर्जनौ आधुनिक गितको अलवा ठूलो पर्दाको चलचित्र डोलिमा समेत गित पस्किसकेका राजले थुप्रै म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेका छन।गायक राज भन्छन् यो गित मेरो ठुलो सपना हो पक्कै पनि यो गितले आम दर्शकको मन जित्नेछ। केही दिन भित्रै यो गितलाइ चर्चित निर्देशक रुपेश थिङले निर्देशन गरि भिडियो तयार गर्नेछ,निर्देशक थिङ नेपाली चलचित्र जय सम्भुका निर्देशक समेत हुन।