शनिबार मुलपानीस्थित एक रेस्टुरेन्टमा नायिका सशी राई रुँदै हार गुहार गर्दै भन्दै थिए,-मलाई किन ल्याको? छाड्दिनुस मलाई, तपाई को हो ?भनेर,लगत्तै म तेरो बाउ हुँ भनेर कलाकार किशोर घलेले आफ्ना केटाहरुलाई इसारा गरे यसलाई सिध्याइ दे, लगत्तै त्यहाँ नजिक बसेका उनका एक जना केटाले सशीको हत्या गरे। हत्या पश्चात् कलाकार किशोर घले भन्दै थिए,” लैजा यो फ्याउरीलाई एक्सिडेन्ट्मा मरेकी हो भनेर पाइलट बाबाको जंगलमा लगेर फाँकि दे । त्यसपछि ति केटाहरुले सशीको सबलाई त्यहाँबाट पाइलट बाबाको जंगल लान्छ, तर यो सब दृश्य बास्तबिक घटना नभई निर्देशक घनश्याम तिमिल्सिना एन्टिनाद्वारा निर्देशित नेपाली कथानक चलचित्र बदला रिटर्न को सुटिङमा देखिएको दृश्य हुन् ।निर्देशक एन्टिना कलाकारहरुलाई यो गर्ने,यो भन्ने भन्दै सिकाई राखेका थिए।निर्देशक एन्टिना भन्छन् लगभग अब फिल्मको सुटिङ सकियो,अब बाँकी सम्पादन गरेर चाँडै दर्शक माझ ल्याउने सोच छ।