रोजगारीको सिलसिलामा प्रबासमा  रहेका लाखौ शेर्पाहरु लगायत गैर शेर्पा अामा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई मनोरञ्जन दिलाउन र प्रबासमै रहेर पनि अाफ्नो मौलिक चाडपर्ब रितिरिवाजलाई जोगाई राख्ने हेतुको साथ ” भाषा,धर्म,कला संस्कृति संरक्षण संबर्धन हाम्रो अभियान , जातीय र सामाजिक सद्भाव हाम्रो स्वभिमान ” भन्ने मुला नाराका साथ ” शेर्पा किदुग दोहा कतार”  ले बिगतका बर्षहरु झैं यस बर्ष पनि शेर्पा जातिहरुको महान् चाड ( स मो फक  लो २१४६ अौं ग्याल्पो ल्होसार कार्यक्रम यहि अाउँदो ०८ मार्च २०१९ शुक्रबारका दिन विभिन्न कार्यक्रम सहित मनाउने भएको  छ।  उक्त कार्यक्रममा  अथिति कलाकार को कति बोलाउने भन्ने बारेमा यहि डिसेम्बर १४ तरिक शुक्रबार बस्ने पुर्ण कार्यसमितिको बैठकले तय गर्ने शेर्पा किदुग दोहा कतारका संस्थापक अध्यक्ष अाङ ङवाङ कुसाङ शेर्पाले जानकारी दिएका छन। कार्यक्रम गर्ने स्थान अहिले नै तय नभएको तर जनवरी महिनामा पुर्ण कार्यसमितिको अन्तिम बैठकमा तय गर्ने अध्यक्ष शेर्पाले बताए।स्मरण रहोस बिदेशमा रहेर पनि शेर्पा किदुग दोहा कतारले हरेक बर्ष ग्याल्पो ल्होसार मनाउदै आएका छ्न।