हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने पुल खुल्ने भएको छ । करिब २० अर्ब डलर लागतमा निर्माण भएको उक्त पुल यही हप्तामा सञ्चालनमा आउँने भएको हो । चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङ तथा मकाउका शीर्ष अधिकारीहरुले झुहाईमा मंगलबार हुने विशेष समारोहका बीच पुलको उद्घाटन गर्ने बताइएको छ भने बुधबारबाट सर्वसाधारणका लागि खोलिने भएको छ ।
झण्डझण्डै ९ बर्ष लगाएर निर्माण गरिएको उक्त पुल विश्वकै सबैभन्दा लामो समुद्री पुल भनिएको छ । ५५ किलोमिटर लामो यो पुल सन् २०१६ मा नै सम्पन्न गरिने लक्ष्य लिए पनि विभिन्न कारणले केही वर्ष ढिलाइएको थियो ।यो पुलको निर्माण भएसँगै दुई सहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने भएको छ ।यो पुलले ८ म्याग्निच्युडको भूकम्प, सुपर टाइफुन र कार्गो जहाजको टकरावलाई धान्न सक्ने गरी निर्माण गरिएको छ ।
४ लाख टन स्टील प्रयोग गरेर निर्माण गरिएको यो पुलमा सान फ्रान्सिस्कोको गोल्डन गेट पुलभन्दा ४।५ गुणा बढी स्टील प्रयोग गरिएको छ । उता यो पुल निर्माणसंगै बिरोध पनि भएको छ । चिनियाँ सरकारका आलोचकहरुले यसलाई हङकङलाई नियन्त्रणमा राख्ने चिनियाँ योजनाको बिश्लेषण गरेका छन् । पुल निर्माणसंगै हङकङले धान्नै नसक्ने गरी चिनियाँ पर्यटकहरु आउँने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा