गजल

तिम्रो दर्सन हामिले भुल्याछैनौ लेलिन
सत्ता अनि कुर्ची तिर झुल्याछैनौ लेलिन

पुजीवादले रासायनिक मल जति खन्याए नि
दलाल हरुको बगैँचा मा फुल्याछैनौ लेलिन

थोरै भए नि सानै भएनि बलियो छौ हामि
माक्सबादमा सुधारबाद हुल्याछैनौ लेलिन

तिमि थियौ हिजो जहा उही छौ हामी आज
मीठो मसिनो खोज्दै हामी डुल्याछैनौ लेलिन

तिम्रो सपना पुरा हामी गर्छौ एक दिन जसै
पापीहरु सग मन पेट दिई खुल्याछैनौ लेलिन।