इनरुवा । आम जनता  पार्टी  कोशी प्रदेशको बैठक सम्पन्न भएको छ। आज सम्पन्न भएको बैठकले लघु बित्त बैंक तथा बित्तिय शोषणको विरुद्धमा र पहिचानको पक्षमा शसक्त संङघर्ष गर्ने निर्णय गरेका छन् । आज इनरुवामा भएको बैठकमा प्रमुख अतिथी पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर लगायत अतिथिहरुमा उपाध्यक्ष बिल्टु यादब,स्थायी कमिटी सदस्य सुनिता साह,शिव थापा केन्द्रीय सदस्यहरु  लुकमान मनसुरी, गायत्रि राई, ममता चौधरी, बिनोद चौधरी र प्रेम थापा सहितका नेताहरुको उपस्थिति रहेको थियो । ।प्रदेश अध्यक्ष  जुरिलाल मोचिको अध्यक्षतामा सम्पन्न बैठकले  असोज ३ गते सबै जिल्लामा  संम्बिधानको अन्तेस्टी गर्ने निर्णय  समेत गरेको छ।