काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव लगातार आइरहेको ओलीले बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रङ्गशाला बनाउने भएको कुरा स्मरण गराएका छन् ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्का लगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्दै ओलीले सामाजिक सञ्जालमा आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गरेका छन् । ‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ, यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रङ्गशाला बनाउने छ, क्यानका चतुरबहादुर चन्द र पारस खड्का लगायतका साथीहरूसँग बालुवाटारमा’, ओलीले फेसबुकमा लेखेका छन् ।नेपाल समाचार पत्रबाट