चर्चित कलाकार एवं मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवन सुरू गरेका छन्।

उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्। स्नेहा नर्सिङ पेशामा छिन्।

काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेसमा सागर र स्नेहाको विवाह भएको हो।
हास्य टेलिसृङ्खला सक्किगोनीमा बले उपनामले उनी चिर परिचित छन् भने विभिन्न म्युजिक भिडियोमा समेत उनी देखा पर्दै आइरहेका छन् ।