अधिवक्ता रामेश्वर भण्डारी
संस्कृति र पर्यटनको प्रचुर मात्रामा सम्भावना बोकेको नुवाकोट जिल्लाले लामो समय पछि नेकपा माओवादी केन्द्रको अध्यक्ष तथा नेपाल राज्यको सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड ) को नेतृत्वमा रहेको सरकारमा नुवाकोटका बिकास प्रेमी इमान्दार सच्चा ब्यक्तित्व तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता माननीय हित बहादुर तामाङ हालै नेपाल सरकारको संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनु भएको छ । आज नुवाकोटबासी जनतामा ठुलो खुशीको कुरो भएको हुदा उहाँ माननीय मन्त्री सँग नुवाकोटका जनताले आशा र भरोसा राखेको देखिन्छ । राजधानीबाट नजिक हुदाहुदै पनि नुवाकोटले बिकासमा फड्को मार्ने नसकेको अबस्था नुवाकोटबासी सबैलाई नै थाहा भएको कुरो हो । पटकपटक नुवाकोट जिल्लाले नेपाल सरकारमा महत्त्वपूर्ण मन्त्रालयहरुमा उपस्थिति जनाएको नै छ । तर किन नुवाकोट बिकासमा पछि पर्यो भन्ने कुरामा नुवाकोटका बुद्धिजीवी न्यायप्रेमी बिकासप्रेमी जनताले बहसको बिषय बनाउनु पर्ने देखिन्छ । शिक्षा स्वास्थ्य ,पराष्ट्र, खेलकुद , कृषि ,उर्जा , पर्यटन ,अर्थ जस्ता महत्त्वपूर्ण मन्त्रालय नुवाकोटका माननीयहरुले नेतृत्व गरिसकेका छ्न । नुवाकोटको बिकासमा मन्त्रीहरूले आफ्नो क्षमताले गर्ने सकेको चाहि गरेका नै हुन । तर नुवाकोटको बिकासमा उल्लेखनीय प्रगति चाहि हुन नसकेको बास्तबिकता चाहि सत्य हो । सबै प्रकारका क्षेत्रमा केहि मात्रामा चाहि बिकास भएको देखिन्छ । पछिल्लो समय नुवाकोट काठमाडौ जोडिएको मुख्य सडकहरु बन्ने क्रम जारीछ । नुवाकोटले अहिले फेरि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाएको छ । पर्यटन मन्त्रीसँग नुवाकोटे जनताको ठुलो आशा र भरोसा छ । हेरौ मन्त्रीले नुवाकोट लगायत मुलुक भर कसरी काम गर्नुहुन्छ त्यो चाहि जनता हेर्न आतुर रहेका छ्न । पर्यटन मन्त्रीले नुवाकोटको संस्कृति र पर्यटनमा कसरी बिकास गर्ने सकिन्छ भन्ने बिषयमा पर्यटन र संस्कृतिको क्षेत्रका बिज्ञ नागरिक समाज लगायतका ब्यक्तिहरुसँग छलफल र अध्ययन गरि अगाडी बढनु पर्ने देखिन्छ । पर्यटन क्षेत्रमा सम्भावना भएका ठाउँहरुको पहिचान गरि अध्ययनलाई अगाडी बढाउनु पर्ने देखिन्छ । ककनी, नुवाकोट दरवार , देबिघाट , बाघमारा , घ्याङ्स्वारा , घलेगाउ , सुर्यगढी , बेलकोटगढी , सुइरेचौर ,त्रिशुली नदि , तादी नदि जस्ता ठाउँमा आन्तरिक र बाह्य पर्यटनलाई जिल्लामा आकर्षक गर्न सकिन्छ ।नुवाकोट जिल्लामा आर्थिकसामाजिक बिकासमा पर्यटन क्षेत्रको बिकासले महत्त्वपूर्ण योगदान पुर्याउने देखिन्छ । त्यस्तै संस्कृति क्षेत्रमा भैरबी मन्दिर , दुप्चेश्वर मन्दिर , चिम्टेश्वर मन्दिर , जालापा मन्दिर , कपिलेश्वर मन्दिर जस्ता महत्त्वपूर्ण धार्मिक स्थलको बिकासमा जोड दिनुपर्ने देखिन्छ । ककनीको पर्यटन होटेललाई स्टार होटलमा बिकास गर्नुपर्ने देखिन्छ । त्यसैले नुवाकोटको संस्कृति र पर्यटनमा निजि क्षेत्रलाई पनि सरकारले साथसाथै लैजानु पर्ने देखिन्छ । अहिले नुवाकोटले पाएको अबसरलाई सहि सदुपयोग गर्ने सकेको खण्डमा नुवाकोटको पर्यटन र संस्कृति क्षेत्रमा भएको बिकासले नुवाकोट जिल्ला मात्र होइन मुलुकमा नै एक प्रकारको नमुना योग्य कार्य भएको मानिनेछ ।