इस्लामावाद । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता हुन् ।
उनी दोस्रो पटक सरकारको नेतृत्व गर्दैछन् । पाकिस्तानको उनी २४ औँ प्रधानमन्त्री हुन् ।
आइतबार ३३६ सदस्यीय संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा शरीफले २०१ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी उमर अयुवले ९२ मत प्राप्त गरे । अयुव पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समर्थित हुन् ।एजेन्सी