काठमाडौँ । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदासमेत प्रवेश निषेध गरिएको हो । सोको विरोध गर्दै पत्रकारहरूले क्यामेरा डाउन गरेका छन् ।