काठमाडौं ।यहि आउदो फागुन ३ गते देखि ९ गतेसम्म सिन्धुलीको कालिमाटीमा रहेको  श्री कृष्ण प्रणामी मन्दिरको १०८ औ बार्षिक उत्सवको अवसरमा बृहत रुपमा १०८ तारतम सागर पाठ पारायाण सप्ताह ज्ञान महायज्ञ २०८० हुने भएको छ।महायज्ञमा श्रीकृष्ण कथा,धार्मिक,सास्कृतिक,सामाजिक सेवाका कार्यक्रम सहित सुनकोसी गाउपालिकाको धार्मिक , पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ ” धर्म जागनी संवरण महोत्सव २०८०” समेत हुने हुँदा सम्पुर्ण भक्तजनहरुमा सपरिवार उपस्थित भइदिन  आयोजक श्री कृष्ण प्रणामी मन्दिर मुल समाहरोह समितिले आह्वान गरेको छ।    सो महायज्ञको बिस्तृत जानकारी दिन यहि माघ २७ गते शनिबार बिहान ११ बजे आयोजकले उक्त मन्दिर परिसरमा पत्रकार सम्मेलन समेत गर्दै छ।साथै यस महायज्ञलाई सफल बनाउनको लागि सम्पुर्ण भक्तजनहरु,बुद्दिजिबी,स्थानीय सबैमा उपस्थित भइ सहयोग गरिदिनुहुन आयोजकले विनम्र अनुरोध गरेका छन् ।