चर्चित ज्योतिषी गंगा प्रसाद खतिवडाले पुर्व राजा ज्ञानेन्द्रको योग बलियो हुँदै गएको बताएका छ्न । जन्ममितिको आधारमा विश्लेषण गर्दा यस्तो देखिएको उनले बताए । उनी भन्छन् -`ज्योतिषशास्त्र अनुसार ग्रह र योग बलियो हुनुलाई महत्त्वपूर्ण मानिन्छ । उहाँ ( पुर्वराजा ) को एक बर्ष अगाडीदेखी ग्रहहरूको स्थिति राम्रो रहेको छ , योग पनि राम्रो देखिएको छ । जसको कारण उहाँको लोकप्रियता वढने देखिन्छ । हालका दिनमा पनि उहाँले राम्रै सम्मान पाउनु भएको छ´।
पशुपति क्षेत्रमा ज्ञान सुधा ज्योतिष आश्रम चलाएर बस्ने खतिवडा पुराना ज्योतिष हुन । उनले गरेका पुराना केही भविष्यवाणी मिलेका छ्न । पुर्वीय दर्शनमा रुचि र अध्ययन रहेकोे छ ।