काठमाडौं ।बुद्द धर्मका प्रख्यात गुरु सुर्य बज्रयानाले लोसार पर्व सम्पुर्ण बुद्द धर्म मान्ने जातजातिहरुले एकै साथ मनाउनु पर्ने बताउनुभएको छ।चर्चित खबर सङ्ग छोटो मीठो कुराकानी गर्नुहुँदै उहाँले सबै समुदायले एकैसाथ लोसार पर्व मान्दा सरकारले समेत लोसार पर्व मनाउनेलाई बिदा दिन सजिलो हुने बताउनुभयो ।अझै बुद्द धर्म मान्ने कतिपयलाई ल्हो को अर्थ समेत थाहा नभएको बताउनुहुँदै उहाँले यस्ता कुराहरु,बुद्दका उपदेश ,सन्देशहरु लामा,खेन्पो,रिम्पुछेहरुले ज्ञान दिएर सबैलाई स्पष्ट पार्नुपर्ने औल्याउनुभयो।लामा ,खेन्पो,रिम्पुछेहरु डलरबादी भइ दिदा बुद्दका सन्देशले प्राथमिकता नपाएको भन्नुहुँदै उहाँले बुद्द नेपाल मै जन्मेका हुन् भनेर सबैले ठोकुवा गर्नुपर्ने बताउनुभयो। एक अर्को प्रसङ्गमा उहाँले धेरै मानिसहरुलाई बुद्दको टाउकोमा केको टुप्पी होला भन्ने कौतुहल्ता रहे ता पनि यो कुनै बनावटी नभै बुद्दका टाउकोमा लट्टा आफै उत्पन्न भएको स्पष्ट पार्नुभयो। अहिले शाक्यमुनी बुद्दको शासन रहेको भन्नुहुँदै अझै मैत्री बुद्द आउन २४ सय ३३ बर्ष लाग्ने बताउनुभयो ।स्मरण रहोस् सुर्य बज्रयाना बुद्द धर्म सम्बन्धि ज्ञान,ध्यान ,तपस्या गर्नुभएका एक प्रख्यात गुरु हुनुहुन्छ ।बाँकी भिडियोमा