गजल
शिशिर बुढाथोकी

पानीबिना पनि माछो बाँच्छ रे अचेल , जमाना उल्टो भो
धर्म हैन मान्छे अधर्म बाडछ रे अचेल, जमाना उल्टो भो

सृष्टिमा प्रलय नआउने हैन आउँछ पक्कै एकदिन
धर्मको हेक्का नराखी नाँच्छ रे अचेल ,जमाना उल्टो भो

जो ज्ञानी छ तपस्वी छ जो भक्त्तिमा रमाउँछ निरन्तर
उसैलाई पो पाप लाग्छ रे अचेल ,जमाना उल्टो भो

पापको घैलो भरिन्छ जब पोखिदैन कसै गरे नि
अज्ञानी मनुष्य पापै साँच्छ रे अचेल, जमाना उल्टो भो

नर्क जो भरियो स्वर्ग त्यो खाली खाली भो
स्वर्ग देखि इन्द्र पनि हाँस्छन रे अचेल , जमाना उल्टो भो