मृत्युको चौतारा

तिमीले मलाई जल्दै गरेको देख्छौँ,
तिम्रो आँखाबाट आँशु अबस्य आउँला
म मरेको क्षणमा
तिमी दु:खी हुन्छौं होला

जब म जस्तै मरेर त्यो आकाशमा आउँछौं तिमी
तिम्रो दुःखको आँशु
अवश्य निक्लिने छन्

बाँच्न मन मलाई पनि थियो,
तर भाग्यले छुरा हानेर गयो
तर मेरो आशामा बसेका घर परिवार विचल्लित भएनन्
त्यसैले होला म स्वर्गमा पनि राज गरिरहेको छु

तिमीले पनि आफ्नो जन्मको अपमान गर्‍यौँ,
सायद तिमीलाई स्वर्गको लोभ भएको हुनपर्छ

जुन समय तिमीले जिन्दगीको बारेमा बुझ्यौ
आफ्नो जीवनलाई तिमीलाई प्यारो लाग्न थाल्यो
अपसोच
तिमीलाई मृत्युले स्वर्गमा लगीसकेको थियो
फरक यत्ती थियो,
तिमी धर्तीको स्वर्गमा थियौ
म आकाशको

जब मेरो अन्तिम संस्कार हुदैँ थियो,
तिम्रो हात आगोले तातिरहेका थिए
तिमी मेरो खरानीलाई पानीले सुकाउन खोज्दैथियौ,
मलाई हराउन खोज्दैथियौ
मान्छेले जन्मलाई प्रतिक्षा गर्ने हो भने,
मृत्युमा मलामी जानेहरूको कमी हुँदैन
त्यति पनि बुझेनौ तिमीले

सबै मानिसले मेरो हारको प्रतिक्षा गरेर होला,
अहिले मैले पनि स्वर्गको वायुलाई चुम्न परेको

जब जब तिमीले आफ्नो शिरलाई माथी गर्नेछौँ।
तब तब तिम्लाइ मेरो अनुहारको झल्को आउनेछ
अनी म सुटुक्क बोलाइरहेको हुन्छ तिमीलाई
त्यतिबेला म तिम्रो मृत्युको होइन,
आकाशमा जन्मको प्रतिक्षा गरिरहेको हुन्छु

भगवान बनेर जन्मनु तिमी आकाशमा
हामी धर्तीमा भएका मानिसको मृत्युको नाटक हेर्नुपर्छ
र, जब ति मानिसहरुले हाम्रो सहायता माग्छन
तब हामी
भाग्यको रुपमा गएर ,
ति मानिसहरुलाई पनि आकाशमा लिएर आउनुपर्छ

जब मानिसले धर्तीलाई छोडेर
आकाशमा बास बसाउन थाले,
तब देखी आकाश र धर्ती बिच खासै भिन्नता रहेन
खाली त्यो धर्ती जन्मपछिको बास भयो भने
यो आकाश मृत्युपछिको चौतारा

– सुप्रिम पौडेल