मुक्तक १
एकदिन पक्कै मेरो याद आउनेछ ,याद राख
हरेक पल सम्झनाले सताउनेछ , याद राख
आज जसको लागि मलाई रुवाएका छौ
भोलि उसैले तिमीलाई रुवाउनेछ , याद राख
मुक्तक २
छ न त मनभरी अति छ खत , बाचिरहेछु
मैले जुटाएर बडो हिम्मत ,बाचिरहेछु
यो जिन्दगी न घर न घाटको हुँदा पनि
सम्झिएर बाआमाको इज्जत ,बाचिरहेछु
मुक्तक ३
शिरमा सिदुर हातमा चुरा भएर होला
मनमा सधैं दु:खका कुरा भएर होला
जिन्दगी जिन्दगी जस्तो लाग्नै छोड्यो
सायद इच्छा चाहना अधुरा भएर होला